दल

कांग्रेसको चाल गतिलो छैन : नरहरी आचार्य

इकागज |
मंसिर २३, २०७८ बिहीबार २०:९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता नरहरी आचार्यले अहिले राजनीतिक दलहरुको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा नरहरी आचार्य जीवनको पाठशाला सम्झना र सम्बन्ध सार्वजनिक एवं अन्तरसम्वाद कार्यक्रममा उनले केन्द्रीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दलहरुको खर्च असिमित देखिएको र मितव्ययी हुन नसकेको बताएका हुन् ।

उनले कांग्रेस पनि मितव्ययी हुन नसकेको भन्दै कांग्रेसको चाल पनि गतिलो नरहेको जिकिर गरे । त्यस्तै उनले संविधानमा उल्लेख बिषयलाई आवश्यक कानून निर्माण गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए । । संघले प्रदेशका लागि बनाउनुपर्ने कानून पनि बनाउन नसक्नु दुखको बिषय रहेको उनको भनाई छ । उनले संविधानले व्यवस्था गरेका अधिकारलाई कानून बनाएर लागू गर्नुपर्ने भन्दै त्यो अपूर्ण भए संविधान संशोधन गर्ने प्रावधान खुल्ला नै रहेको धारणा राखे । 


उक्त पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो । 


Author

थप समाचार
x