गैँडा मस्कट अलपत्र छाडिएको होइन, सेल्फी खिच्न राखिएको हो : देवी ज्ञवाली
फाइल फोटो
काठमाडौँ : १० औँ महाधिवेशनमा गैँडालाई मस्कट बनाउँदा ‘पर्यावरणीय चेत’ भन्दै चर्चा बटुलेको एमालेले महाधिवेशनपछि पनि मस्कट अलपत्र नपारिएको दाबी गरेको छ । नारायणी किनारमा महोत्सव आयोजना हुँदा मस्कटलाई बार लगाएर अलपत्र पारेको समाचार इकागजमा प्रकाशित छ ।
सोही समाचारमा मस्कट अलपत्र पारिएको विषयमा एमाले नेता देवी ज्ञवालीले आपत्ति जनाएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका ज्ञवालीले मस्कट अलपत्र नछाडिएको भन्दै सेल्फी खिच्नलाई राखिएको बताए ।
नारायणी किनारमा घुम्न जाने आन्तरिक पर्यटकलाई सेल्फी खिच्न सहज होस भनेर आफूहरुले महाधिवेशन सकिएपछि कार्यालयमा राख्नुको साटो किनारमै मस्कट अवस्थित गराइएको उनले बताए ।
‘हामीले पर्यटकका लागि सेल्फी खिच्न सहज होस भनेर नारायणी किनारमै मस्कट राखेका हौँ,’ ज्ञवालीले इकागजमा फोन गरेर भने, ‘त्यसैले मस्कट अलपत्र भन्ने शब्दमा हाम्रो आपत्ति छ । महोत्सव आयोजकले किन बार लगाए ? भन्ने विषयमा हामीलाई थाहा छैन ।’
ज्ञवाली स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा पराजित उम्मेद्वार हुन् । एमालेको १० औँ महाधिवेशनको उद्घाटनसत्रमा एमालेले तीन लाख रुपैयाँ खर्चेर गैँडाको मस्कट बनाएर नारायणी किनारमा प्रतिस्थापन गरेको थियो ।
एमाले महाधिवेशनको गैंडा मस्कट अलपत्र
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया