हृदयेश त्रिपाठीको ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा हुँदै
फाइल तस्बिर
काठमाडौँ- पूर्व मन्त्री तथा सांसद हृदयेश त्रिपाठीले आउँदो साता आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने भएका छन् । नयाँ पार्टीको नाम चाहिँ ‘जनता प्रगतिशील पार्टी-नेपाल’ हुने जानकारी त्रिपाठीले दिए । तर, उनको पार्टीमा सामेल हुने नेताहरुका नाम चाहिँ खुलाएका छैनन् ।
‘पार्टीको राजनीतिक दस्तावेज तयार गरिँदैछ’ त्रिपाठीले इकागजसँग भने, ‘आउँदो मंसिर २८ का दिन पार्टीको नाम र राजनीतिक दस्तावेज सार्वजनिक गर्दैछौं ।’
बहुदल पुन:स्थापनायता मधेसवादी पार्टी राजनीतिमा संलग्न त्रिपाठीले २०७४ को चुनावमा भने एमाले चिन्ह प्रयोग गर्दै चुनावी मैदानमा होमिएका थिए । त्रिपाठी बहुदलपछि निरन्तर सांसद हुँदै आएका छन् । गएको संसदीय निर्वाचनमा एमालेको सूर्य चिन्हबाट सांसद बनेपनि उनी आफूलाई ‘स्वतन्त्र सांसद’ भन्न रुचाउँथे । पूर्र्ववर्ती एमाले सरकारका बेला पनि मन्त्री थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया