दल

कांग्रेस १४ औँ महाधिवेशन

सबै शीर्ष नेता आए, ओली अझै आएनन्

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १४:४४ बजे

फाइल फोटो

काठमाडौ -  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सबै शीर्ष नेता आइपुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली भने अझै आइपुगेका छैनन । भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन उद्घाटन हुँदा पनि ओली कार्यक्रमस्थल पुगेका छैनन ।

कांग्रेसले ओलीलार्इृ पनि महाधिवेशनका लागि निम्तो गरेको थियो । तर ओली आइपुगेका छैनन । यसअघि एमालेको ९ औँ महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने चितवन पुगेका थिए । अहिलेसम्म एमालेबाट एक जना प्रतिनिधि पनि कांग्रेस महाधिवेशनमा पुगेका छैनन ।


कांग्रेस महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सबै शीर्ष नेता छन् ।


Author

थप समाचार
x