दल

कांग्रेस १४ औँ महाधिवेशन

एमाले अध्‍यक्ष ओली पनि कांग्रेस महाधिवेशनस्‍थलमा

पाँच महिनापछि एउटै मञ्चमा सबै शीर्ष नेता

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १४:५७ बजे

काठमाडौँ - एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनस्थलमा पुगेका छन् । उनी केहीबेरअघि मात्रै भृकुटीमण्डस्थित कांग्रेस महाधिवेशन उद्घाटनस्थलमा पुगेका हुन् ।

यससँगै पाँच महिनापछि एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै मञ्चमा देखिएका छन् । ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गरेपछि शीर्ष नेताहरुसँगको दुरी बढेको थियो ।


सर्वोच्च अदातलको परमादेशपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओली त्यसपछि देउवा, दाहाल र माधव नेपालसँग चिढिएका थिए ।
 


Author

थप समाचार
x