दल

महाधिवेशनमा स्वागत गर्न मञ्चमा आएका दुई बानियाँ– एकले प्रकाशमानलाई समर्थन गरे, अर्काले देउवालाई

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १५:१ बजे

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन हुँदै गर्दा उद्घाटनको क्रममा स्वागत मन्तव्यदेखि नै सभापतिका उम्मेदवारहरूको प्रभाव देखिएको छ । 

काठमाडौँमा महाधिवेशन भैरहेकाले काठमाडौँका सभापति सबुज बानियाँ र बागमती प्रदेशका सभापति इन्द्र बानियाँले स्वागत गरेका थिए । 


स्वागतका क्रममा सबुज बानियाँले सर्वोच्च नेता गणेशमान सिंहको जन्मभूमिमा स्वागत छ भन्दै घुमाउरो पाराले प्रकाशमान सिंहलाई समर्थन गरे । उनी प्रकाशमान सिंहको समूहबाट काठमाडौँको सभापतिमा निर्वाचित भएका हुन् । 

त्यस्तै, बागमती प्रदेशका नवनिर्वाचित सभापति इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशलाई समेत मिलाएर संविधान जारी गराएको र देशको स्थायित्व र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै देउवालाई समर्थन गरे । बानियाँलाई बागमतीको सभापतिमा देउवाले समर्थन गरेका थिए । 

देउवा र प्रकाशमान सिंह दुवै आगामी कार्यकालका लागि सभापति पदका आकांक्षी हुन् । 
 


Author

थप समाचार
x