दल

कांग्रेस महाधिवेशनमा मख्ख देउवा, निराश पौडेल !

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १५:४० बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनस्थलमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा मख्ख देखिएका छन् । उनले फेरि सभापतिका लागि उम्मेद्वारी दिने तय छ । तर आफ्नै संस्थापन इतर गुटमा सभापतिको सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निराश देखिएका छन् ।


देउवा कांग्रेसको केन्द्रविन्दुमा छन् भने पौडेल गुटबन्दीको चर्को मारमा छन् । उनको गुटमा उनैलाई सर्वसम्मत सभापति मान्न तयार देखिएका छैनन । बिहीबार बेलूकी प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेद्वारी दिने तयारी गरेपछि पौडेल झन् निराश देखिएका छन् ।

बिहानसम्म त पौडेल महाधिवेशनको उद्घाटनसत्रमा आउनेबारे अन्योल थियो । उनी स्वयंमले पनि महाधिवेशनमा जान इच्छा राखेका थिएनन् । तर गुटकै नेताहरुले फेरि सर्वसम्मत सभापतिको उम्मेद्वारमा पौडेललाई अघि सार्ने तयारी गरेपछि उनी भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पुगेका हुन् ।

महाधिवेशनको सफलताका लागि शुभकामना दिन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि मञ्चमा छन् । तर १४ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा फेरि देउवा नै रहलान् वा अर्को कोही आउँला कार्यकर्ताको कौतुलहता बढ्दो छ ।


Author

थप समाचार
x