दल

गाउँमा नेता होइन, हामीलाई चोर आए भन्छन् : लिङदेन

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १५:४६ बजे

फाइल फोटो

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा राजनीतिप्रति चरम निराशा भएको बताएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा सफलताको शुभकामना दिन पुगेका अध्यक्ष लिङदेनले गाउँमा हिजोआज नेता होइन, को चोर ? आयो भन्दै नेताहरुप्रति टिप्पणी हुने गरेको बताए ।

‘अचेल गाउँमा को नेता आयो भनेर भन्दैनन्,’ कांग्रेस महाधिवेशनमा शुभकामना दिँदै लिङ्देनले भने, ‘को चोर आयो ? भनेर भन्छन् । अचेल हाम्रो राजनीतिको हालत यस्तो छ ।’


उनले देशमा राजनीति, न्यायप्रणाली र संसद लथालिंग अवस्थामा रहेको पनि बताए । यसका लागि राजसंस्थासहितको व्यवस्था आवश्यक रहेको जिकिर पनि लिङ्देनले गरेका छन् ।


Author

थप समाचार
x