दल

सभापतिको साझा उम्मेद्वार छान्न कांग्रेस इतर समूहको छलफल

इकागज |
मंसिर २४, २०७८ शुक्रबार २०:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेस सभापतिका लागि साझा उम्मेद्वारको टुंगो लगाउन संस्थापन इतर समुहको छलफल सुरु भएको छ । बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायतका नेताहरुको छलफल सुरु भएको हो ।

सभापतिका लागि प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेद्वारी दिने घोषणा गरेपछि अन्तिमपटक साझा उम्मेद्वारको टुंगो लगाउन छफल सुरु भएको हो ।  यसअघिका छलफलमा सहमति नभएपछि प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिका लागि प्रचार प्रसार सुरु गरिसकेका छन् ।


यसले संस्थापन इतर पक्षलाई झन् कमजोर बनाउने भन्दै नेताहरु अन्तिम पटक भएपनि साझा उम्मेद्वार टुंगो लगाउन छलफलमा जुटेका हुन् । पछिल्लो पटक प्रकाशमान, शेखरसँगै रामचन्द्र पौडेलमध्ये एक जनालाई सभापतिको साझा उम्मेद्वार बनाउने तयारी छ । 
 


Author

थप समाचार
x