दल

देउवा टिमको उपसभापतिमा गच्छदार र खड्का

इकागज |
मंसिर २५, २०७८ शनिबार १३:० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन ।

अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागेको छ । यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको नाम चर्चामा रहे पनि टुंगिन बाँकी छ ।  


सहमहामन्त्री मुस्लिमबाट फरमुल्ला मन्सुर, पिछडिएका वर्गबाट जीवनबहादुर शाही र महिलाबाट डिना संग्रौला उपाध्यायको नाम टुंगिसकेको छ । 

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा पनि नेताहरूले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् । 


Author

थप समाचार
x