गगनले ओलीको सोच टिपेका होइनन्, बरु ओलीले गगनबाट लिएका थिए
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता गगन थापाप्रति निरन्तर निशाना साँध्दै आएका छन् । २०७४ को निर्वाचनमा उनले गगन थापाको निर्वाचन क्षेत्र काठमाडौँ ४ मा २०७४ को आम निर्वाचनमा एमालेका उम्मेदवार राजन भट्टराईको पक्षमा मत माग्न पुगेका ओलीले ‘यहाँ सेलिब्रेटी उम्मेदवार छन् भन्ने सुनेको छु, उनी सेल्फी खिचाउन मात्र काम लाग्छन्’ भनेका थिए । त्यसपछि पनि उनले निरन्तर गगन थापालाई लक्षित गर्दै निशाना साँधिरहे ।
प्रतिनिधिसभामा केपी शर्मा ओली र गगन थापाको दोहोरी नै चल्यो । कोभिड–१९ महामारीको समयमा ओलीले अपुष्ट र भ्रामक भाषणहरू गर्न थालेपछि थापाले ‘नेपालीको रोग प्रतिरोधी क्षमता उच्च छ भनेर कसले भन्यो ?’ भनेर ओलीलाई सोधेका थिए । जवाफमा ओलीले, ‘यो त मैले भनेको सुन्नुभएन । मैले भनेको भनेका थिए ।’
नेता गगन थापाले कोभिड–१९ महामारीमा कमजोर प्रतिकार्य र स्वास्थ्य सामग्री खरिदका विषयमा संसदमा तत्कालीन ओली नेतृत्वको सरकार विरुद्ध आगो ओकलेका थिए । त्यसपछि ओली नेतृत्वको सरकारले गगन थापाविरुद्ध अख्तियार लगाउने प्रयास गरेको थियो, तर अख्तियारले कुनै विषय नभेटेपछि ओलीको यो प्रयास त्यतिकै खेर गएको थियो ।
ओलीले महाधिवेशनको मुखमा पुनः गगन थापामाथि निशाना साँधेका छन् । शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठनले आयोजना गरेको कार्यक्रममा ओलीले गगन थापालाई संकेत गर्दै अहिले केहीले एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को सोच अघि सारेका छन् ।’
ओलीले आफ्नो सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण आफ्नो भएको बताए । ओलीले गगन थापालाई व्यंग्य गर्दै ‘आजकल अलिअलि सुनिन थालिएको छ, हामीले समृद्ध नेपाल, सुखी नेपाली भन्यौं । अहिले त्यसबाट यताउता पार्न खोज्या, समुन्नत नेपाल र सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरू निस्किन खोजेको देखिन्छ ।’
आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको 'समुन्नत नेपालःसम्मानित नेपाली'को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ । @kpsharmaoli pic.twitter.com/pEHXqBp1OI
— Gagan Thapa (@thapagk) December 11, 2021
ओलीले आफ्नो दृष्टिकोण भनेपनि यो २०७४ सालको निर्वाचन अघि नै गगन थापाले अघि सारेका हुन् ।
ओलीले गगन थापाभन्दा धेरैपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा अघि सारेका हुन् । बरु ओलीले गगन थापाको सोचलाई यताउता पारेका हुन् ।
हेर्नुस्, २०७४ मै गगन थापाको फेसबुक पोष्ट:
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया