निर्वाचन आयोगले रविन्द्र मिश्रलाई किन सोध्यो स्पष्टीकरण
काठमाडौँ- निर्वाचन आयोगले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई स्पष्टीकरण सोधेको छ । रविन्द्र मिश्रले किर्ते कागज बुझाएको भनेर निर्वाचन आयोगमा मिलन पाण्डे समूहले मुद्दा हालेपछि आयोगले मिश्रलाई स्पष्टीकरण सोधेको हो ।
रविन्द्र मिश्रले कात्तिक ११ गते जुममा केन्द्रीय कमिटी बैठक बोलाएर पार्टीको विधान परिवर्तन गरेको र उक्त बैठकको माइन्युटमा किर्ते गरेको पाण्डे समूहको आरोप छ । उक्त किर्ते माइन्युटलाईनै निर्वाचन आयोगले सदर गरिदिएको थियो।
सदर गरेपछि मिलन पाण्डेपक्षले पुनः निर्वाचन आयोगमा आफ्नो गल्ती सच्याउन निवेदन हालेको थिए । उक्त निवेदन हालेपछि निर्वाचन आयोगले मिश्र पक्षसँग स्पष्टीकरण सोधेको हो ।
मिलन पाण्डे पक्षले निर्वाचन आयोगबाट प्रमाण नपुगेको र दुइ तिहाइ नरहेको किर्ते दस्तावेजमाथि छानबिनको माग गर्दै निर्वाचन आयोग र अदालत जाने बताइसकेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया