दल

विचार रोज्‍ने कि गुट ? महाधिवेशन प्रतिनिधिलाई महेश आचार्यको हस्तलिखित पत्र

इकागज |
मंसिर २६, २०७८ आइतबार १४:५३ बजे

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार महेश आचार्यले महाधिवेशन प्रतिनिधिहरूलाई हस्तलिखित पत्र लेखेका छन् । 

उनले नेपाली कांग्रेसमा विचार र दृष्टिकोणका आधारमा अस्थायी समूहहरू निर्माण हुनु स्वभाविक भएपनि चिरस्थायी प्रकृतिको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको भन्दै १४औं महाधिवेशन यस्तो दर्दनाक अवस्था सच्याउने महत्वपूर्ण मौका भएको बताएका छन् । 


मुलुकमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अङ्गमा समस्या देखिएको, राजनीतिक व्यवस्थाप्रति विभिन्न चरणमा निर्वाचित प्रधानमन्त्रीबाटै घात हुने अवस्था र तत्कालीन कमजोर प्रतिपक्ष विचारशून्य राजनीतिको उपज भएको आचार्यको भनाई छ । 

आचार्य कुनै गुटको प्यानलमा समावेश छैनन् । उनले आफूलाई स्वतन्त्र रूपमा उपसभापतिको उम्मेदवार भएको बताएका छन् । आचार्य नेपाली कांग्रेसभित्र वैचारिक नेता मानिन्छन् । उनी २०४८ पछि नेपालमा आर्थिक, कानुनी र प्रशासनिक सुधारको अगुवाई गरेका नेता हुन् । 

उपसभापतिका उम्मेदवार आचार्यले महाधिवेशन प्रतिनिधिलाई लेखेको उक्त पत्रमा ‘विचार रोज्ने कि गुट’ त्यसमा विवेकपूर्ण र सुविचारित निर्णय लिन आग्रह गरेका छन् ।  


Author

थप समाचार
x