दल

कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : उम्मेद्वारको अन्तिम नामावली प्रकाशित

१३४ पदका लागि ५४८ जनाको उम्मेद्वारी, ५५ जनाद्वारा मनोनयन फिर्ता

इकागज |
मंसिर २६, २०७८ आइतबार १५:२१ बजे

फाइल फोटो

काठमाडौँ : कांग्रेस १४ औं महाधिवेशनमा उम्मेद्वारी दर्ता गराएका पदाधिकारी र केन्द्रीय उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृह परिसरमा पदाधिकारी तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकाे हो । प्रकाशित नामावली राष्ट्रिय सभागृह परिसरमा टाँसिएको छ ।

प्रकाशित नामावली अनुसार सभापतिमा ५ जना, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेद्वारी परेको छ । जसमा दुई उपसभापति र दुई महामन्त्री पदका लागि चुनाव हुन लागेको हो । यस्तै ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेद्वारी दर्ता गरेपछि चर्को प्रतिष्पर्धा छ ।


शनिबार कांग्रेसको नयाँ नेतृत्वका लागि १३४ पदमा ५४८ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । जसमध्ये आइतबार बिहानसम्म ५५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।


 


Author

थप समाचार
x