दल

प्रधानमन्त्री देउवाको लोकतान्त्रिक मेन्यू

इकागज |
मंसिर २६, २०७८ आइतबार १८:२४ बजे

काठमाडौँ– प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दिउँसो महाधिवेशनस्थलमा आएर प्रतिनिधिहरूसँगै लाइनमा बसेर खाना खाए । 

प्रधानमन्त्री देउवा महाधिवेशन आयोजकले दिएको लोकतान्त्रिक मेन्यू अनुसारकै भोजन गरे । महाधिवेशन प्रतिनिधिहरूसँगै उभिएर उनी ‘बफे लन्च’ लिइरहेका थिए । उनलाई सर्भ गर्ने कोही थिएन, सामान्य लोकतान्त्रिक नेताको लोकतान्त्रिक मेन्यू छनौटलाईलाई प्रतिनिधिहरूले चाख मानेर हेरिरहेका थिए । 


खाना लिएपछि देउवा अलिपर प्लास्टिकको कुर्सीमा टुसुक्क बसेर खाना खाए । खाना खाने क्रममा उनी प्रतिनिधिहरूसँग संवाद गर्दै गरेका देखिन्थे । 
 


Author

थप समाचार
x