दल

डा. आरजु राणा भन्‍छिन्:

‘देउवाजीको पूरै प्यानललाई भोट गर्दिनू’

इकागज |
मंसिर २६, २०७८ आइतबार १८:४५ बजे

फाइल फोटो

काठमाडौँ– प्रथम महिला डा. आरजु राणाले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा देउवा पक्षीय प्यानललाई मत मागेकी छिन् ।  महाधिवेशन प्रतिनिधिलाई स्वागत गर्दै उनले भनेकी छिन्, ‘जय नेपाल साथीहरू !  चौधौं महाधिवेशनमा स्वागत छ । म तपाईंहरू समक्ष देउवाजीलाई पार्टी सभापति र उहाँको प्यानललाई पदाधिकारी र केन्द्रीय सदस्यमा भोट गर्न अनुरोध गर्दछु ।’ 

आरजु राणा देउवा प्यानलबाट महिलातर्फ खुला केन्द्रीय सदस्यको उम्मेदवार छिन् । उनले देउवा सभापति भए देशको र पार्टीको भविष्य सुरक्षित हुने भन्दै दूरदर्शी अनुभवी नेता देउवालाई छान्न महाधिवेशन प्रतिनिधिसँग अपिल गरेकी छिन् । 



Author

थप समाचार
x