दल

देउवालाई भन्न चाहन्छु, यसपटक कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ, हुन्छ : शेखर

इकागज |
मंसिर २६, २०७८ आइतबार १८:५७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा सभापतिका उम्मेद्वार शेखर कोइरालाले यसपटक कांग्रेसको नेतृत्व परिवर्तन हुने बताएका छन् । उनले अर्का उम्मेद्वार शेरबहादुर देउवालाई लक्षित गर्दै यसपटक जसरी पनि कांग्रेसको नेतृत्व परिवर्तन हुने बताएका हुन् ।

अनुपम फुडल्याण्डमा आफ्नो प्यानलका उम्मेद्वारसहित प्रस्तुत भएका सभापतिका उम्मेद्वार कोइरालाले भागबण्डा र गुटबन्दीमा नलागी कांग्रेस बनाउनुपर्ने बताएका हुन् । 


‘गुटबन्दी र भागबन्डामा नलागि विवेक पुर्याएर काँग्रेस बनाउन लागौ, सभापतिले भोट माग्दा मन निराश पार्दिनुभयो,’ उनले भने, ‘म शेरबहादुरजीलाई र सम्पुर्ण कार्यकर्तालाई भन्न चाहान्छु, यसपटक नेतृत्व परिवर्तन हुनछ हुन्छ हुन्छ ।’

साथै उनले आफ्नो प्यानललाई रामचन्द्र पौडेल, शशांक कोइरालादेखि अहिलेका सबै युवाको समर्थन रहेकाले जितका लागि कुनै शंका नरहेको पनि दाबी गरे ।


Author

थप समाचार
x