केन्द्रीय कमिटी बैठकको निर्णय सबैले मान्नुपर्छ : ओली
फाइल फोटो
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकको निर्णय सबैले स्वीकार्नु पर्ने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने ओलीले भनाइ छ । भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले भने , “हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौँ ।” केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै ओलीले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको दाबी गरे । पोलिटब्यूरोका लागि पनि ५० प्रतिशत भन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ठ छान्न गाह्रो भएको ओलीको धारणा छ ।
लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै नेतृत्वसँग देशभरीलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने ओलीको तर्क छ । ओलीले बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै कतिपयलाई अन्याय प¥यो होला तर योभन्दा राम्रो प्रस्ताव अरु हुन नसक्ने बताएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया