इकागज सर्वेक्षण
४१ प्रतिशत महाधिवेशन प्रतिनिधिको देउवालाई समर्थन
सर्वेक्षण भन्छ- सभापतिको निर्वाचन दोस्रो चरणमा जान्छ
काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आज बिहानैदेखि मतदानका लागि लामबद्ध भएर बसेका महाधिवेशन प्रतिनिधिहरूसँग इकागजले सभापतिमा समर्थनका सम्बन्धमा सर्वेक्षण गरेको छ । मतदान शुरु हुनु लगत्तै अघि आज बिहान एक सय जना महाधिवेशन प्रतिनिधिमा गरिएको सर्वेक्षणमा ४१ प्रतिशतले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
देउवापछि सबैभन्दा धेरै समर्थन सभापतिका अर्का उम्मेद्वार शेखर कोइरालाले प्राप्त गरेका छन् । कोइरालालाई २४ प्रतिशतले समर्थन गरे ।
अधिकांशले सभापति पहिलो चरणको निर्वाचनमा टुंगो नलाग्ने बताएका छन् । सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुनेमा महाधिवेशन प्रतिनिधिहरू विश्वस्त छन् ।
कोइरालापछि प्रकाशमान सिंहलाई १९ प्रतिशतले समर्थन गरेका छन् भने विमलेन्द्र निधिलाई १४ प्रतिशतले समर्थन गरेका छन् । त्यस्तै कल्याण गुरुङलाई २ प्रतिशतले समर्थन गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया