दल

कांग्रेस १४ औँ महाधिवेशन

राती ९ बजेसम्म मतदान समय थपियो

इकागज |
मंसिर २७, २०७८ सोमबार १७:१३ बजे

काठमाडौँ - नेपाली कांग्रेसको महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा मतदान समय थप गरिएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलूकी ५ बजेसम्म तोकिएको थियो । 

तर ११ बजे सुरु भएको मतदान ढिलो भएपछि ५ बजे मतपत्र नै सकिएर मतदान प्रभावित भएको छ । सोही कारण राती ९ बजेसम्म मतदानको समय थप गरिएको निर्वाचन समितिले जनाएको छ ।


अब थप मतपत्र आएपछि केहीबेरमा फेरि मतदान सुरु हुनेछ । ९ बजेसम्म मतदान सकिएमा आजै रातीदेखि सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । 


Author

थप समाचार
x