नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा छः उपाध्यक्ष शाक्य
काठमाडौँ- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा रहेको बताएका छन् ।
अखिल नेपाल महिला संघले सोमबार ललितपुरमा आयोजना गरेको समावेशिता सहित एक तिहाई महिला सहभागिता बिषयक अन्तक्र्रियामा शाक्यले अधिकार सहितको समृद्ध नेपाल एमाले बाहेकले बनाउन नसक्ने समेत बताए ।
उनले मुलुक बनाउने एमालेको अभिभारालाई पुरा गर्नका लागि पार्टी भित्रको महिला शक्ति शसक्त भएर लाग्नुपर्ने धारणा पनि राखे । अहिले देखिएको बेतिथी विकृतिलाई अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नुपर्ने उनको भनाई छ । उनले पार्टीलाई एकताबद्ध र विचारसहित विधियुक्त बनाउँदै समाजलाई रुपान्तरित गर्न एमालेले मुख्य भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया