दल

झण्डै ५० प्रतिशत मत खस्यो, फेरि मतदान सुरु

इकागज |
मंसिर २७, २०७८ सोमबार १७:२५ बजे

फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा झण्डै ५० प्रतिशत मत खसेको छ । सोमबार बेलूकी ५ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार बेलूकी ५ बजेसम्म २२ सय भन्दा धेरै मत खसेको हो । जम्मा ४७ सय प्रतिनिधिमध्ये झण्डै ५० प्रतिशतले मतदान गरेको समितिले जनाएको छ ।


यस्तै मतपत्र छापिएर आएपछि फेरि मतदान सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको मतदानमा मतपत्र सकिएपछि फेरि छाप्न पठाइएको थियो । फेरि छापिएर मतपत्र आएपछि बेलूकी सवा ५ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

राती ९ बजेसम्म मतदान सकिएमा आजै राती नै सभापतिको मतगणना सुरु हुने जनाइएको छ । 


 


Author

थप समाचार
x