दल

कांग्रेस १४ औँ महाधिवेशन

सभापतिमा ४२ सय मत खस्यो, समग्रमा तीन हजार ५०८ मत खस्यो

१३२ पदका लागि ४८७ उम्मेदवारको भिडन्त

इकागज |
मंसिर २७, २०७८ सोमबार २०:४६ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि भइरहेको मतदानमा तीन हजार ५०८ मत खसेको छ । यस्तै सभापति पदमा भने ४२ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको झण्डै १२ बजेदेखि सुरु भएको मतदानमा अहिले राती पौने ८ बजेसम्म समग्रमा तीन हजार ५०८ मत खसेको हो । सभापतिमा भने ४२ सय मत खसेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 


एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार १०० र भृकुटीमण्डपका दुई स्थान प्रदर्शनी हल र प्राङ्गणमा दुई हजार ४०८ मत खसेको हो ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ । 
 


Author

थप समाचार
x