दल

एमाले महासचिव र चिनियाँ उपमन्त्रीबीच भर्चुअल वार्ता

इकागज |
मंसिर २७, २०७८ सोमबार २१:४१ बजे

काठमाडौँ - नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग आईडीसीपीसी उपमन्त्री चेन चाओबीच सोमबार भिडियो वार्ता गरेका छन् । उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गरे ।

महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । 


उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र  बैठकमा  एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको जानकारी गराए । 


Author

थप समाचार
x