दल

कांग्रेस १४ औँ महाधिवेशन

चार हजार २९६ मत खस्यो

इकागज |
मंसिर २७, २०७८ सोमबार २१:५९ बजे

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि सोमबार भएको मतदानमा चार हजार २९६ मत खसेको छ । कांग्रेसको ११ बजेर ४५ बजेदेखि सुरु भएको मतदानमा राति ९ बजेसम्म चार हजार २९६ मत खसेको हो । 

जम्मा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।


कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार ३८२ र भृकुटीमण्डपका दुई स्थान प्रदर्शनी हल र प्राङ्गणमा  दुई हजार ९१४ मत खसेको हो । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ । 
 


Author

थप समाचार
x