दल

शेखर कोइरालाको पत्रकार सम्‍मेलन (LIVE)

इकागज |
मंसिर २८, २०७८ मंगलबार १३:४७ बजे

काठमाडौँ- कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पत्रकार सम्‍मेलन गरेका छन् । हात्तीसारस्थित एक होटलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गरेका हुन् । 

कोइरालाले मैदान नछाड्ने बताएका छन् । आफ्ना समूहमा रहेका नेताहरुसँगको आन्तरिक छलफलपछि कोइरालाले दोस्रो चरणको चुनावको सामना गर्ने बताएका हुन् । 


संस्थापन इतरसमूहका नेताहरूको समेत साथ नपाएपछि शेखर निकटस्थहरुको बैठक नक्सालमा बसेको थियो । उक्त बैठकमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणको एजेन्डालाई कमजोर हुन नदिने बताए ।

सभापतिका लागि निर्वाचन समितिले दोस्रो चरणको मतदानको तयारी गरिरहेको छ ।


Author

थप समाचार
x