दल

दोस्रो चरणको प्रारम्भिक मतगणनामा देउवाको अग्रता

इकागज |
मंसिर २९, २०७८ बुधबार ०:१७ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ सभापतिका लागि भएको दोस्रो चरणको चुनावमा पनि सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाअनुसार २०० मतगणना हुँदा देउवाले ११२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार शेखर कोइरालाले ८७ मत पाएका छन् ।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा यसअघि सभापतिका उम्मेद्वारले विधानअनुसार ५० प्रतिशत मत ल्याउन नसक्दा फेरि चुनाव भएको हो ।



Author

थप समाचार
x