माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी
सुर्खेत - नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध निर्वाचित भएकी छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी केन्द्रको प्रदेश सम्मेलनले अध्यक्षमा केसीलाई बुधबार निर्विरोध चयन गरेको हो ।
केसी कर्णालीको प्रदेश सरकारको पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत हुन् । मंसिर २५ गते उद्घाटन भएको सम्मेलनले पाँचौ दिनमा अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको हो । अध्यक्षमा आकाक्षीं धेरै देखिएपछि नेतृत्व छान्न सकस भएको थियो ।
अध्यक्ष केसी २०४६ सालदेखी राजनीतिमा आवद्ध भएकी हुन् । १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको बेला सक्रिय रुपमा पार्टीमा महत्वपूर्ण योगदान समेत गरेकी केसीलाई अध्यक्षमा चयन गरिएको माओवादी नेताले बताएका छन् ।
केसी रूकुम पश्चिमबाट निर्वाचित प्रदेश सांसद हुन् । बाँकी पदाधिकारीमा भने अझै टुंगो लाग्न बाँकी छ । यसअघि मंगलबार मात्रै सम्मेलनले दुई सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया