पुस १० गतेभित्र सबै मतपरिणाम आउँछ : गृहमन्त्री खाण
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको सवै मत परिणाम पुस १० गतेभित्र आइसक्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै खाणले पुस १० गतेसम्म निर्वाचन आयोगमा पार्टी पदाधिकारीको नाम बुझाईसक्नुपर्ने भएकाले त्यसअवधिमा नै महाधिवेशन अन्तर्गतको सवै मत परिणाम आइसक्ने बताएका हुन् ।
उनले महाधिवेशनको सम्पूर्ण काम पुरा भएपछि पार्टीको निर्वाचन समितिले पार्टीलाई प्रतिवेदन बुझाउने र सोहि आधारमा निर्वाचन आयोगमा नवनिर्वाचित समितिको नाम बुझाउने जानकारी दिए । त्यस्तै उनले सहज ढंगले मतगणना भइरहेको जानकारी पनि दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया