दल

कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेस उपसभापतिमा संस्थापन इतर पक्षको निरन्तर अग्रता

धनराज र चन्द्र भण्डारी अघि अघि, गच्छदार धेरै पछि !

इकागज |
मंसिर २९, २०७८ बुधबार २१:४४ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिका लागि भएको चुनावको मतगणना चलिरहदा संस्थापन इतर पक्षका दुई उम्मेद्वारले निरन्तर अग्रता लिइरहेका छन् । प्रारम्भिक मतगणनादेखि नै अग्रता लिइरहेका संस्थापन इतर पक्षका धनराज गुरुङ र चन्द्र भण्डारीले झण्डै ५० प्रतिशत मतगणना सकिदा पनि अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार २३०० मतगणना हुँदा धनराजले ९६० मत ल्याएका छन् । यस्तै चन्द्र भण्डारीले ८७० मत ल्याएका छन् । धनराज र चन्द्र भण्डारी संस्थापन इतर पक्ष शेखर कोइराला प्यानलबाट उपसभापतिको उम्मेद्वार हुन् ।


संस्थापन शेरबहादुर देउवा प्यानलका उपसभापतिका उम्मेद्वार पुर्ण बहादुर खड्काले भने ८४० मत पाएका छन् । उनले भण्डारीलाई पछ्याइरहेका छन् । यस्तै संस्थापन पक्षकै विजयकुमार गच्छदारले भने ६६० मत ल्याएका छन् । 

सभापतिमा संस्थापन पक्षका शेरबहादुर देउवा विजयी भएपनि उपसभापतिमा संस्थापन इतर पक्षले निरन्तर अग्रता लिइरहेका छ्न । जसले संस्थापन पक्षका अरु उम्मेद्वारलाई पनि सशंकित पारेको छ । 


Author

थप समाचार
x