पौडेललाई भेट्न बोहोराटारमा नवनिर्वाचित उपसभापति गुरुङ
काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन् । मतपरिणाम सार्वजनिक भएर निर्वाचित भएपछि गुरुङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् ।
पौडेलले गुरुङलाई बधाई दिदैँ पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए । उनले आफु पनि पार्टीलाई एकताबद्ध बनाएर आम चुनावमा विपक्षसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताए । उनले उपसभापति गुरुङसँग आफु र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने बचन दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया