दल

नेकपा एसको काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक भोलि

इकागज |
पुस १, २०७८ बिहीबार २१:३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक यही पुस २ गते काठमाडौँमा हुने भएको छ । बैठकमा कार्यविभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिए ।

कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० शाखा विस्तार गरेको र बाँकी ४८ शाखा एक महिनाभित्र गठन गर्ने योजना छ । त्यसैगरी काठमाडौँका १० निर्वाचन क्षेत्रमा कमिटी, १० नगर कमिटी, एक महानगर कमिटी गठन गरिसकेको छ । रासस 



Author

थप समाचार
x