दल

एमालेको सल्लाहकार बनाएकोप्रति भीम रावलको आपत्ति

इकागज |
पुस ३, २०७८ शनिबार १३:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सल्‍लाहकारमा राखेकोप्रति भीम रावलले आपत्ति जनाएका छन् । रावलले ट्‍वीट गर्दै आफुलाई जानकारी नै नदिएर पार्टीको सल्‍लाहकार राखेकोप्रति आपत्ति जनाएका हुन् ।

'मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ' रावलले ट्‍वीट गरेका छन् ।


दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्‍न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए । 


Author

थप समाचार
x