'सर्वदलीय बैठकबारे एमालेलाई निम्तो नै आएको छैन'
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री शेरबहादर देउवाले बोलाएको सर्वदलीय बैठकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अनभिज्ञता प्रकट गरेको छ । सर्वदलीय बैठकबारे आफूहरूलाई कुनै जानकारी नआएको एमाले अध्यक्ष केपी ओलीका सहयोगी रामशरण बज्गाइँले बताए । ‘सर्वदलीय बैठकबारे अध्यक्षज्यूलाई निम्तो नै आएको छैन । के विषयमा छलफल हुने हो त्यो थाहा छैन,’ इकागजसँग उनले भने, ‘हामीले चाहेअनुसार छलफल हुन्छ/हुँदैन ? त्यही आधारमा निर्णय हुन्छ। अहिले बैठकबारे निम्तो नै नआएकोले जाने/नजाने कुरै भएन ।' बैठकमा हुने छलफलका विषय र निम्तो आए पछि मात्रै निर्णय हुने उनको भनाइ छ ।
एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ । संघीय संसद्मा जारी अवरोध र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । नेकपा (एस) लाई एमालेले अवैध दल भन्दै आएको छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया