दल

सर्वदलीय बैठकमा एमाले नजाने

प्रतिपक्ष र सत्तापक्षबीच मात्रै छलफल भए सहभागी हुन्छौँ - तामाङ

इकागज |
पुस ३, २०७८ शनिबार १८:१५ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रधानमन्‍त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । प्रतिपक्ष र सत्तापक्षीबिच छलफल भए मात्रै सहभागी हुने उनको भनाइ छ । 'प्रतिपक्ष र सत्तापक्षीबिच छलफल भए सहभागी हुन्छौ भनेकै छौ,' तामाङले इकागजसँग भने, 'तर यो अनेक दल सहभागी हुने बैठकमा एमाले सहभागी हुँदैन।'

संघीय संसद्‍मा जारी अवरोध र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । नेकपा (एस) लाई एमालेले अवैध दल भन्‍दै आएको छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।
 



Author

थप समाचार
x