दल

माओवादी प्रदेश २ को सम्मेलन सकियो, नयाँ नेतृत्व दाहालले घोषणा गर्ने

इकागज |
पुस ५, २०७८ सोमबार १०:३८ बजे

सर्लाही- सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलननले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन  । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो ।

लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ ।


माओवादी प्रदेश २ कमिटी संयोजक प्रलाह्द बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो । 

माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाको अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ । प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहालले  घोषणा गर्नेछन् ।


Author

थप समाचार
x