मिश्रलाई पाण्डेको जवाफ- बीबीसीमा नैतिकताको पाठ पढाउनेले अहिले नैतिकता देखाउन पर्दैन ?
'पार्टीमा आफूबाहेक अरु कोही योग्य छैन भन्ने व्यक्तिवादी भूत किन बढेको ?'
काठमाडौँ- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण बुझाएका छन् । मिश्रले कारबाहीको लागि पाण्डेलाई गत पुस १ गते स्पष्टीकरण सोधेका थिए । मिलन पाण्डे उक्त स्पष्टीकरणको जवाफ लेख्दै रवीन्द्र मिश्रलाई प्रतिस्पष्टीकरण सोधेका छन्।
पाण्डेले मुद्दा निर्वाचन आयोगमा चलिरहेको र त्यसपछि अदालतमा जाने हुँदा पार्टीको भाद्र १७ गतेपछिको कुनै पनि गतिविधि नस्वीकार्ने जवाफमा स्पष्ट पारेका छन् । जवाफमा पाण्डेले मिश्रलाई उल्टै प्रतिस्पष्टीकरण सोधेका छन् । उनले विगत केही दिन यता गणतन्त्रवादीहरूलाई छानाछानी कारबाही गर्नाको कारण पनि मिश्रलाई सोधेका छन्। मिश्रले निर्वाचन आयोगमा आफूलाई ९१ जनाको समर्थन रहेको छ भनी बुझाएको सङ्ख्यामाथि प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्। उनले रवीन्द्र मिश्रले कीर्ते गरेको निर्वाचन आयोगले समेत बुझेर निर्वाचन आयोगले स्पष्टीकरण सोध्दासमेत नैतिकताको आधारमा राजीनामा किन नदिएको भनेर प्रश्न गरे।
'तपाइ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागिपरेका खास गरी दक्षिणी शक्ति केन्द्रहरू र अकुत सम्पत्ति आर्जन गरेका पूर्व दरबारीया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परि देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको भन्ने चर्चा सुनिन आएको छ। त्यसको सत्यता के हो?' मिलन पाण्डेले प्रतिस्पष्टीकरण सोध्दै भनेका छन्, 'तपाईँलाई जुन एकीकरणको दस्ताबेजले अध्यक्ष बनायो, त्यो दस्ताबेज विपरीत मिडियावाजी गर्ने र पार्टीलाई सिद्ध्याउने क्रियाकलापमा लागेपछि पनि तपाई त्यही अध्यक्ष पदमा बसिरहन मिल्छ ? बिबिसीमा नैतिकताको पाठ पढाउने पत्रकार रवीन्द्र मिश्रले नेता भएपछि त्यो नैतिकता देखाउन पर्छ की पर्दैन ?' पाण्डेले मिश्रकै नेतृत्वमा दुई पटकसम्म पार्टी फुटको सङ्घारमा पुगिसक्दा पनि आफूबाहेक अरू कोही योग्य छैन भन्ने व्यक्तिवादी भूत किन चढिरहेको ?' भन्दै प्रश्न गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया