कांग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित
सप्तरी - नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका हुन्।
प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन्। न्युजकारखाना
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया