कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा : नेता बस्नेत
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन् । नेपाल तरुण दलका अध्यक्षसमेत रहेका बस्नेतको सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनले पार्टीको भविष्य उज्ज्वल बनाएको बताए ।
“कांग्रेस तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,” उनले भने । कांग्रेसलाई आगामी दिनमा ठूलो पार्टी बनाइने उनको भनाइ थियो । आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने बस्नेतले बताए ।
पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारिता र निष्ठाको बाटोमा हिँडेमात्र कांग्रेस बलियो बन्ने उनले उल्लेख गरे । तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा त्यसलाई बलियो बनाउन आवश्यक भएको बस्नेतले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया