दल

कांग्रेस प्रदेश २ मा १८८१ मत खस्यो, राति ११ बजेदेखि गणना

इकागज |
पुस ८, २०७८ बिहीबार २१:२१ बजे

फाइल फोटो

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को नया नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न भएको छ । राति करिब ८ बजे सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल मतदाता १९५१ रहेकोमा १८८१ मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । 

धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सद्स्य अरूण यादवले जनाएको छ ।


मतगणना आजै राति ११ बजेदेखि हुने उनले जानकारी दिएका छन् । मतदान संस्थापन पक्ष सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवले पहिलो मत खसाएपछि विधिवत रुपमा मतदान सुरु भएको थियो । दोश्रो मत अर्का सभापतिका स्वतन्त्र उम्मेदवार रामसरोज यादवले खसाएका थिए ।  मतदान सम्पन्न लगतै दुवै सभापतिका उम्मेदवारले आ-आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। 

पुर्व उपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइरालाको समर्थन पाएका रामसरोज यादव स्वतन्त्र उम्मेदवार हुन् भने कृष्ण यादव संस्थापन पक्षक सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् । मतदानका ४ वटा बुथ बनाइएको थियो भने एउटा बुथमा २/२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको थियो । 

सभापति, पदािकारी र सदस्य गरि प्रत्येक बुथमा ३/३ वटा मत पेटिका राखिएको छ । मतपेटिकाको रूपमा ड्राम प्रयोग गरिएको छ । ६७ पदका लागि १ सय ७४ जना उम्मेदवारी दिएका थिए । ५ जना सदस्य बुधवार नै निर्विरोध भइसकेका छन ।
 


Author

थप समाचार
x