दल

कांग्रेस केन्द्रीय सदस्य सिवाकोटीले त्यागे प्रेस युनियन महासचिव पद

उपमहासचिव भीष्मराज ओझालाई जिम्मेवारी हस्तान्तरण

इकागज |
पुस १३, २०७८ मंगलबार २२:१० बजे

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अजयबाबु सिवाकोटीले नेपाल प्रेस युनियनको महासचिवको जिम्मेवारी परित्याग गरेका छन् । सिवाकोटीले जिम्मेवारी परित्याग गर्दै उपमहासचिव भीष्मराज ओझालाई महासचिवको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सिवाकोटीले सक्रिय राजनीति सुरु गरेका छन् । प्रेस युनियनको पदाधिकारी पद त्याग गरेसँगै उनले अब पूर्णकालीन राजनीति थाल्ने बताएका छन् । 
 



Author

थप समाचार
x