जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, एक दर्जनभन्दा बढी घाइते
जनकपुरधाम - डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गरेकाे प्रदर्शनमा झडप भएकाे छ । प्रहरी र उक्त पार्टीका कार्यकर्ताबीच झडप भएकाे छ । झडपमा परी पाेर्ताहामा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएकाे छन् ।
जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच भएको द्विपक्षीय झडपमा ८ प्रहरी र ५ प्रदर्शनकारी गरी १३ जना घाइते भएका हुन्।
गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राज्यमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको थियाे । झडपमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार झडपको क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यासँ प्रहार गरिएकाे छ ।
प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट ८ जना घाइते भएको जानकारी दिए । उका अनुसार नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका एकजना घाइते भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया