राष्ट्रिय सभा निर्वाचन
मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार सिद्धकी विजयी
जनकपुरधाम – राष्ट्रियसभा निर्वाचनमा अन्य खुल्ला पुरूषतर्फ मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार खालिद सिद्धकी विजयी भएकी छिन।
सिद्धकीले २४६ मतसहित ६६७८ मतभार ल्याएर विजयी भएकाे हाे । उनले प्रदेश सभा सदस्यतर्फ ७५ र १७१ स्थानीय तह तर्फ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी उस्मान अन्सारीले ११२ मतसहित २७६६ मत ल्याएका थिए ।
विजयी उम्मेदवार सिद्धकी गठबन्धनकाे जनता समाजवादी पार्टीबाट उम्मेद्वार थिए भने अन्सारी लाेकतान्त्रिक एमालेबाट उम्मेद्वार थिए । कुल ३६६ खसेकाे मत मध्ये प्रदेश सभा सदस्यतर्फ २ र स्थानीय तर्फ ६ गरी ८ मत बदर भएकाे थियाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया