दल

कमल थापाको पार्टीले आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने

इकागज |
फागुन ८, २०७८ आइतबार २०:३६ बजे

काठमाडौं - राप्रपा नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने भएको छ। राप्रपा नेपालको केन्द्रीय समितिले निर्वाचन आयोगमा चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि दल त्याग गरि राप्रपा नेपाल ब्यूताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराएका छन् । 


‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई ’ माग्ने निर्णय गरेको छ’ थापाले भने ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको थियो ।’ 

 


Author

थप समाचार
x