यथास्थितिमा एमसीसी पारित गर्न सकिँदैन, हामी आफ्नाे निर्णयमा प्रतिबद्ध छाैँ : नेपाल
फाइल तस्वीर
काठमाडाैँ – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताएका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमार्फत शनिबार बसेकाे स्थायी कमिटी बैठककाे निर्णयप्रति प्रतिबद्ध रहेकाे जनाएका छन् ।
उनले लेखेका छन्, 'यथास्थितिमा MCC संसदबाट अनुमोदन गर्न नसकिने हाम्रो पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति हामी प्रतिबद्ध छौं । असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ । यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको विषय हो । अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गंभीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहॅाहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउॅछु ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया