दल

आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई एमाले महासचिव पोखरेलको निर्देशन

इकागज |
फागुन ९, २०७८ सोमबार १३:३९ बजे

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । सोमबार बसेको केन्द्रीय विभागका प्रमुखहरूको बैठकमा महासचिव पोखरेलले आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका हुन् । 

बैठकमा विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको एमालेले जनाएको छ। बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए । बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति थियो । 
 



Author

थप समाचार
x