दल

एमसीसी राजनीति

एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता

ओली र प्रचण्डबीच के कुराकानी भयो ?

इकागज |
फागुन १२, २०७८ बिहीबार १७:५४ बजे

फोटो : विष्णु रिजालको ट्वीटरबाट

काठमाडौँ : एमसीसीका कारण विकसित राजनीतिक घटनाक्रमबारे नेकपा एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

एमसीसीको विपक्षमा उभिएको माओवादी सत्ता गठबन्धनबाट बाहिरिने सम्भावना धेरै छ । यस्तै एमसीसी पारित गर्न सघाउने शर्तमा एमाले सरकारमा जाने र सरकारलाई समर्थन दिने पक्षमा रहेको नेताहरुको भनाइ छ ।


यसै विषयमा नयाँ बानेश्वरमा एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता भएको हो । त्यसअघि एमाले अध्यक्ष र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो । माओवादीले सरकार छाड्ने, एमसीसी पारित गर्न सहयोग नगरे माओवादीका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् । 

सोही घटनाक्रम विकास भएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ता भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 


Author

थप समाचार
x