दल

गठबन्धन कायमै छ, एमालेले अडान छाडेको छैन : विष्णु रिजाल

इकागज |
फागुन १२, २०७८ बिहीबार २१:३० बजे

फाइल फोटो

काठमाडौँ : नेकपा एमालेका युवा नेता विष्णु रिजालले बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताबीचको वार्ता सकिएपनि पाँच दलीय गठबन्धन कायमै रहेको बताएका छन् । उनले दुई दलका शीर्ष नेताबीच गम्भीर वार्ता भएपनि एमालेले आफ्नो अडान नछाडेको बताएका हुन् ।

बालुवाटार वार्ता सकिएपछि एमाले प्रचार विभाग उपप्रमुखसमेत रहेका रिजालले एमालेले आफ्ना नछाड्दा सहमति नभएको र पाँच दलीय गठबन्धन कायमै रहेको बताएका हुन् ।


‘अहिले पनि पॉच दलीय गठबन्धन कायमै छ । सरकारी प्रस्तावकैविरुद्ध रहेकाहरू पनि मन्त्रीको झण्डा हल्लाएर हिंडिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुखले जसले जे भने पनि व्यवहारतः पॉच दलीय कायम रहेकाले हाललाई बॉकी विषय तपशीलका मात्र हुन् । अहिलेको बालुवाटार बैठक सकिएको छ । नेकपा एमालेले आफ्नो पूर्ववत् अडान कार्यान्वयनका लागि पुनः जोड दिएको छ ।’

अहिलेको गठबन्धन तोड्ने र एमसीसी पारित गर्ने गरि एमाले र कांग्रेसबीच सत्ता समीकरण हुने विषयमा छलफल तीव्र छ । 


Author

थप समाचार
x