दल

जसपाको बैठक आजबाट : यस्ता छन् एजेन्डा

इकागज |
फागुन १३, २०७८ शुक्रबार ८:४५ बजे

काठमाडौँ- आन्तरिक बिबादका कारण लामो समयदेखि हुन नसकेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजबाट काठमाडौामा सुरु हुदैँछ ।

बालकुमारीस्थित केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ ।


‘आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन भएपछि केन्द्रिय विभागदेखि अन्य संरचना तय नभएकाले सोबारेमा पनि छलफल हुनेछ । 

यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थीत केन्द्रिय कार्यालयमा हुन लागेको हो । 


Author

थप समाचार
x