एमसीसीकाे सैद्धान्तिक छलफलमा एकीकृत समाजवादी सहभागी हुुने, तर विरोध गर्ने
फाइल फाेटाे
काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।
आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पूर्ववतः मान्यता अनुसार संशाेधनबिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ ।
‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संशाेधन बिना एमसीसी पारित गर्न हुदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो ? त्यो संसदबाटै थप जानकारी दिने योजना राखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया